News Update :

Pages

एनसेलका ग्राहकहरु मर्कामा

Thursday, November 15, 2012

पहिलेको मेरो मोबाइल अर्थात अहिलेको एनसेल । नयाँ नयाँ योजनाका साथ बजारमा आक्रामक रुपमा प्रस्तुत भएर नेपाल टेलिकमको मोबाइल सेवालाइ समेत चुनौती दिइरहेको एनसेल कास्की जिल्लाको ल्वाङघलेलको कोलेलीमा चाहिँ कामै नलाग्ने भएको छ । एनसेलका सयौँ ग्राहक रहेको कोलेली र आसपासका क्षेत्रमा एनसेल नेटवर्कले काम नगर्दा एनसेल प्रयोगकर्ता र तिनका आफन्त मर्कामा परेका छन् । पहिले राम्रोसँग एनसेल टिप्थ्यो, तर अहिले भने एनसेल प्रयोगकर्ताको मोवाइलबाट न फोन जान्छ, न आउँछ । मोबाइल सेटहरु गेम खेल्न र रेडियो सुन्न वा फोटो खिच्नको लागी मात्रै प्रयोगमा आएका छन् । स्वदेश तथा विदेशमा रहेका आफन्तले ल्वाङघलेलको कोलेलीमा रहेका आफन्तलाई फोन गर्दा सँधै एउटै वाक्य सुन्ने गरेका छन्, त्यो हो - "माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। (Sorry, the number you have dailed is can not be reached at the moment, please try again later.)"  यो समस्या एनसेलको कानमा पुगोस् र छिटो भन्दा छिटो समस्याको समाधान होओस् , स्थानियबासीहरुले यहि माग गरेका छन् ।
Share this Article on :

0 comments:

Post a Comment

 

© Copyright Utsuk F.M. 109 MHZ. 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.