News Update :

Pages

दिपावलीका क्रममा देशका बिभिन्न ठांउमा आगलागी

Thursday, November 15, 2012


काठमाण्डौ , २९ कार्तिक -
गएराती मोरङ्गको शनिश्चरे १ स्थित भुटानी शरणार्थी शिविरमा भिषण आगलागी भएको छ । आगलागीवाट करिब ४५ वटा शरणार्थीको छाप्रो जलेर नष्ट हुनुका साथै आगो नियन्त्रणमा लिने क्रममा ३० वटा छाप्रो भत्काइएको छ ।

आगलागीवाट शरणार्थीको खाद्यान्न, लत्ताकपडा, भाडा समेत जलेर नष्ट भएको छ । सेक्टर डि थ्री कि धनमाया राईको घरवाट राती १० बजे शुरु भएको आगलागी दमकवाट गएको दमकल तथा स्थानियको सहयोगमा डेड घन्टा पछि नियन्त्रणमा आएको थियो ।
राईको घरमा लक्ष्मीपुजाको लागि बालिएको दियोवाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ । आगलागीको क्रममा शिविरकी रेणुकादेवी दाहाल सामान्य घाईते भएको र उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताइएको छ । आगलागीको क्षति बारे भने जानकारी आई नसकेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै हिजो साँझ सप्तरीको बिभिन्न ठाउँमा आगलागी भएको छ । सदरमुकाम राजविराज, मलेठ तथा बरहीबीरपुर गाविसमा आगलागी भएको हो । बरहीबीरपुर गाविस ६ मा पड्काइएको पटाकाको आगोले एउटा परालको थुप्रो जलेको छ । स्थानीय विश्वनाथ यादवको परालको थुप्रोमा पटका पडकाइएपछि पुरै थुप्रो जल्दा १० हजार मुल्य वराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै मलेठ गाविस ४ मा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । साँझ करिब ६ बजेतिर गोठमा बालिएको दियोबाट सल्केको आगोले पंजित यादवको गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा २० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजविराज २ मा आगलागी हुँदा एक व्यक्तिको घरमा केहि क्षति पुगेको छ । बालेको दियोबाट सल्केको आगोले स्थानीय बच्चालाल यादवको घरमा सामान्य क्षति पुगेको प्रहरीको भनाई छ । तीनै ठाउँको आगोलाई स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ ।
रमा गएराति आगलागी भएृको गौशाला प्रहरीले जनाएको छ ।
साझ लक्ष्मी पुजा गरीसकेपछि आगलागी भएकाले मैनबत्ति र दियोबाट आगो सल्कीएको अनुमान गरीएको भएपनि आगलागीको एकीन कारण भने थाहा हुन सकेको छैन ।
घरमा रहेका लत्ता कपडा ,सामान लगायतका बस्तुहरु जलेको प्रहरीले जनाएको छ । स्थानियबासी र प्रहरकिो सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
Share this Article on :

0 comments:

Post a Comment

 

© Copyright Utsuk F.M. 109 MHZ. 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.