News Update :

Pages

किशोरीहरुलाई यौनको बारेमा कति चासो...

Thursday, November 15, 2012

आज एकजना स्कूले नानीसँग भेट भयो । उनि मैले पढाउने विद्यालय नजिकै आर्बा विजय मा.वि. मा पढ्छिन्  । पहिले हाम्रो विद्यालयमा पढेकी, कहिलेकाहिँ त्यहाँ आउँछिन् आज पनि आइन् । धेरैपटक भेट भइरहने हुनाले उनि म सँग खुलेर कुरा गर्छिन् । हातमा एउटा सेतो कागज थियो, मैले सोधेँ, "के हो यो ?" "आज परीक्षा थियो, प्रश्नपत्र हो ।" उनले जवाफ दिइन् । "खै खै हेरौँ, कस्ता प्रश्न आएछन् ?" मैले मागेँ उनको प्रश्नपत्र । नवौँ कक्षाको जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र रहेछ । शुरुको प्रश्नबाट क्रमशः मैले "यो प्रश्नको उत्तर के लेख्यौ ?" भन्दै सोधेँ, तर उनले चित्तबुझ्दो जवाफ दिइनन् । एउटा प्रश्न थियो परिवार नियोजनका विधिहरुको बारेमा । मैले भने, "परिवार नियोजन त स्थायी र अस्थायी गरी दुइ किसिमको हुन्छ हैन र " उनले हत्त न पत्त जवाफ दिइन्, "वास्तवमा परीवार नियोजनका विधि प्राकृतिक र अप्राकृतिक गरी दुइ किसिमका हुन्छन् ।" मैले तत्काल सोधेँ, "प्राकृतिक विधि भन्नाले ?" उनले बाहृय स्खलन विधि, छन्द विधि र योनिरस परिक्षण विधिको बारेमा विस्तृत जानकारी दिइन् । मैले उनिसँग अरु प्रश्नको उत्तर सोधेँ, उनले धेरथोर जवाफ त दिइन् तर प्रजनन् र यौन सम्बन्धि प्रश्न बाहेक अरु प्रश्नको जवाफ उनलाई पूरा आएन । मैले सोधेँ, "भोली कुन विषय छ ?" उनको जवाफ थियो अर्थशास्त्र । मैले उनिसँग मार्शल तथा रविन्सले दिएको अर्थशास्त्रको परिभाषा सोधेँ, तर उनलाई अलिअलि परिभाषा त आयो, तर कुन परिभाषा कसको भन्ने चाहिँ आएन । यसपछि मलाई के लाग्यो भने जसको जुन विषयमा जति चासो छ, त्यो विषयमा उसले त्यति नै धेरै सिक्न सक्छ । तपाईलाई चाहिँ के लाग्छ ?

Share this Article on :

0 comments:

Post a Comment

 

© Copyright Utsuk F.M. 109 MHZ. 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.