News Update :
Pages
सरकारी कार्यालयमा किन हुँदैन फटाफट् काम ?
Thursday, November 15, 2012
नेपालमा प्रायः सरकारी कार्यालयमा समयमा काम नै हुँदैन, भएपनि गुणस्तरिय सेवा पाईदैन । यो मेरो आरोप हैन, आम नेपाली जनताको आवाज हो । सरकारी बैँक, सरकारी स्कूल, क्याम्पस, उद्योग, कलकारखाना, संस्थान तथा अन्य सरकारी अड्डाहरु, प्रसासन कार्यालय, मालपोत, भन्सार... यत्र तत्र र्सवत्र...। आखिर किन हुन्छ त सरकारी कार्यालयको नाम बदनाम ? के साँच्चैँ नै सरकारी कार्यालयमा काम नहुने नै हो ? वा प्राइभेटहरुले फिँजाइदिएको हल्ला हो ?
पृथ्वीनारायण क्याम्पस पोखराको तर्फबाट प्राप्त गरेको छात्रवृत्ति रकमको चेक लिएर आज म नेपाल बैँक लिमिटेडको तेर्सापट्टी शाखा पोखरामा पुगेँ । तीन बज्नै लागेको थियो, हतार हतार बैँकभित्र पसेँ । त्यहाँ कर्मचारीहरु त थिए, तर आ आफ्नै धुनमा । ट्रेलर नं एक र दुइ मा क्रमशः महिला र पुरुष कर्मचारी थिए भने ट्रेलर नं चार कर्मचारी विहिन थियो । तर ट्रेलर नं तीनका कर्मचारी कतिबेलादेखी हो कुन्नी टेलिफोनमा व्यस्त थिए, उनलाई सेवाग्राही प्रति कुनै वास्ता थिएन । मैले उनिहरुलाई डिर्स्र्टव गरेकोका क्षमा याचना गर्दै चेकमा उल्लेखित रकम भुक्तानी गरिदिन आग्रह गरेँ ट्रेलर नं दुइका कर्मचारीसँग । उनले चेकको पछाडी दुइवटा सहि गरी मोबाइल नंबर समेत लेखेर ट्रेलर नं तीनमा लाइन बस्न आग्रह गरे । मैले सोही अनुरुप गरेँ तर ट्रेलर नं तीनका कर्मचारी कुर्ची नै अर्कोपट्टी फर्काएर टेलिफोनमा गफ गर्नमा व्यस्त थिए, त्यसैले उनको ट्रेलरमा सेवाग्राहीहरु आएको समेत उनलाई पत्तो थिएन । ट्रेलर नं दुइका कर्मचारी चाहिँ आकल झुकल मलाई हेर्दै थिए । मैले उनको अगाडी नाक खुम्च्याएर पटक पटक घडी हेरेको सायद उनले चाहिँ याद गरीरहेका थिए ।
"के छ दाई आराम हुनुहुन्छ ?" ट्रेलर नं तीन का कर्मचारीका "भाई" टेलिफोन भन्दा चर्को आवाजमा चिच्याउँदै मेरो छेउमा आइपुगेपछि निकै बेरदेखी कुरा गरिरहेको फोनको रिसिभर उनले सेटमा राखे तर लाइनमा सबैभन्दा अगाडी रहेको मतिर उनको ध्यान पुगेन, भर्खरै आइपुगेका "भाई" लाई मात्र उनले देखे । निकैबेरपछि मेरो पालो आयो, चेक साटियो र करिब एक घण्टापछि सुस्केरा हाल्दै म बैँकबाट बाहिर निस्केँ ।
त्यसपछि म पोखराकै न्यूरोडमा रहेको कुनै अर्को प्राइभेट बैँकमा डिपोजिटका लागी पुगेँ । दिउँसोको गर्मीले असिनापसिना भएको भएपनि बैँकभित्रको ए.सी. ले मेरो तापक्रमलाई तत्कालै तल झारीदियो । "के को लागी होला ?" छेउमै रहेको सोधपुछ साखाकी एकजना कर्मचारीले सोधिन् । "अलिकति रकम जम्मा गर्नु छ ।" मैले यति भनेपछि उनले एउटा फर्म दिइन् र फर्म भरेपछि डिपोजिटको लाइनमा बस्न सुझाइन् । मैले उनले भने अनुरुप नै गरेँ । एकछिनमै काम सकियो र म बाहिर निस्केँ ।
यी दुइवटा छुट्टा छुट्टै बैँकमा भएको व्यवहार र काम तामेलीको अनुभव मैले तपाईहरुसँग राखेँ, तपाई के भन्नुहुन्छ यसबारेमा ? सरकारी कार्यालयमा फटाफट काम नहुनुको कारण के हो जस्तो लाग्छ तपाईको विचारमा ? कमेन्ट गर्न नभुल्नुहोला, धन्यबाद ।
Share this Article on :
0 comments:
Post a Comment
© Copyright Utsuk F.M. 109 MHZ. 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.