News Update :
Pages
Thursday, November 15, 2012
ल्वाङ गाउँमा... बन्यो सुपर हिट गीत
यसपालीको तिहारमा पोखरा र आसपासका क्षेत्रमा एउटा गीत खुब घन्कीयो । भैलो टोलीमा खुब चर्चित बन्यो यो गीत । युवा युवतीहरु कम्मर मर्काइ मर्काइ खुब नाचे यो गीतमा । तपाई अनुमान गर्नुस् यो कुन गीत हो.... यदि तपाईले ल्वाङ गाउँमा निर्मित चलचित्र कर्मको शिर्षगीत अर्थात् ल्वाङ गाउँमा फूलै फूलेको.... बोलको गीत अनुमान गर्नुभयो भने तपाई सहि हुनुहुन्छ । आउनुहोस् सुनौँ यो गीत उत्सुक एफ. एम. 109 MHZ मा ।
दिपावलीका क्रममा देशका बिभिन्न ठांउमा आगलागी
काठमाण्डौ , २९ कार्तिक -
गएराती मोरङ्गको शनिश्चरे १ स्थित भुटानी शरणार्थी शिविरमा भिषण आगलागी भएको छ । आगलागीवाट करिब ४५ वटा शरणार्थीको छाप्रो जलेर नष्ट हुनुका साथै आगो नियन्त्रणमा लिने क्रममा ३० वटा छाप्रो भत्काइएको छ ।
आगलागीवाट शरणार्थीको खाद्यान्न, लत्ताकपडा, भाडा समेत जलेर नष्ट भएको छ । सेक्टर डि थ्री कि धनमाया राईको घरवाट राती १० बजे शुरु भएको आगलागी दमकवाट गएको दमकल तथा स्थानियको सहयोगमा डेड घन्टा पछि नियन्त्रणमा आएको थियो ।
राईको घरमा लक्ष्मीपुजाको लागि बालिएको दियोवाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ । आगलागीको क्रममा शिविरकी रेणुकादेवी दाहाल सामान्य घाईते भएको र उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताइएको छ । आगलागीको क्षति बारे भने जानकारी आई नसकेको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै हिजो साँझ सप्तरीको बिभिन्न ठाउँमा आगलागी भएको छ । सदरमुकाम राजविराज, मलेठ तथा बरहीबीरपुर गाविसमा आगलागी भएको हो । बरहीबीरपुर गाविस ६ मा पड्काइएको पटाकाको आगोले एउटा परालको थुप्रो जलेको छ । स्थानीय विश्वनाथ यादवको परालको थुप्रोमा पटका पडकाइएपछि पुरै थुप्रो जल्दा १० हजार मुल्य वराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै मलेठ गाविस ४ मा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । साँझ करिब ६ बजेतिर गोठमा बालिएको दियोबाट सल्केको आगोले पंजित यादवको गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा २० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजविराज २ मा आगलागी हुँदा एक व्यक्तिको घरमा केहि क्षति पुगेको छ । बालेको दियोबाट सल्केको आगोले स्थानीय बच्चालाल यादवको घरमा सामान्य क्षति पुगेको प्रहरीको भनाई छ । तीनै ठाउँको आगोलाई स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ ।
रमा गएराति आगलागी भएृको गौशाला प्रहरीले जनाएको छ ।
साझ लक्ष्मी पुजा गरीसकेपछि आगलागी भएकाले मैनबत्ति र दियोबाट आगो सल्कीएको अनुमान गरीएको भएपनि आगलागीको एकीन कारण भने थाहा हुन सकेको छैन ।
घरमा रहेका लत्ता कपडा ,सामान लगायतका बस्तुहरु जलेको प्रहरीले जनाएको छ । स्थानियबासी र प्रहरकिो सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
Utsuk F.M.
सरकारी कार्यालयमा किन हुँदैन फटाफट् काम ?
नेपालमा प्रायः सरकारी कार्यालयमा समयमा काम नै हुँदैन, भएपनि गुणस्तरिय सेवा पाईदैन । यो मेरो आरोप हैन, आम नेपाली जनताको आवाज हो । सरकारी बैँक, सरकारी स्कूल, क्याम्पस, उद्योग, कलकारखाना, संस्थान तथा अन्य सरकारी अड्डाहरु, प्रसासन कार्यालय, मालपोत, भन्सार... यत्र तत्र र्सवत्र...। आखिर किन हुन्छ त सरकारी कार्यालयको नाम बदनाम ? के साँच्चैँ नै सरकारी कार्यालयमा काम नहुने नै हो ? वा प्राइभेटहरुले फिँजाइदिएको हल्ला हो ?
पृथ्वीनारायण क्याम्पस पोखराको तर्फबाट प्राप्त गरेको छात्रवृत्ति रकमको चेक लिएर आज म नेपाल बैँक लिमिटेडको तेर्सापट्टी शाखा पोखरामा पुगेँ । तीन बज्नै लागेको थियो, हतार हतार बैँकभित्र पसेँ । त्यहाँ कर्मचारीहरु त थिए, तर आ आफ्नै धुनमा । ट्रेलर नं एक र दुइ मा क्रमशः महिला र पुरुष कर्मचारी थिए भने ट्रेलर नं चार कर्मचारी विहिन थियो । तर ट्रेलर नं तीनका कर्मचारी कतिबेलादेखी हो कुन्नी टेलिफोनमा व्यस्त थिए, उनलाई सेवाग्राही प्रति कुनै वास्ता थिएन । मैले उनिहरुलाई डिर्स्र्टव गरेकोका क्षमा याचना गर्दै चेकमा उल्लेखित रकम भुक्तानी गरिदिन आग्रह गरेँ ट्रेलर नं दुइका कर्मचारीसँग । उनले चेकको पछाडी दुइवटा सहि गरी मोबाइल नंबर समेत लेखेर ट्रेलर नं तीनमा लाइन बस्न आग्रह गरे । मैले सोही अनुरुप गरेँ तर ट्रेलर नं तीनका कर्मचारी कुर्ची नै अर्कोपट्टी फर्काएर टेलिफोनमा गफ गर्नमा व्यस्त थिए, त्यसैले उनको ट्रेलरमा सेवाग्राहीहरु आएको समेत उनलाई पत्तो थिएन । ट्रेलर नं दुइका कर्मचारी चाहिँ आकल झुकल मलाई हेर्दै थिए । मैले उनको अगाडी नाक खुम्च्याएर पटक पटक घडी हेरेको सायद उनले चाहिँ याद गरीरहेका थिए ।
"के छ दाई आराम हुनुहुन्छ ?" ट्रेलर नं तीन का कर्मचारीका "भाई" टेलिफोन भन्दा चर्को आवाजमा चिच्याउँदै मेरो छेउमा आइपुगेपछि निकै बेरदेखी कुरा गरिरहेको फोनको रिसिभर उनले सेटमा राखे तर लाइनमा सबैभन्दा अगाडी रहेको मतिर उनको ध्यान पुगेन, भर्खरै आइपुगेका "भाई" लाई मात्र उनले देखे । निकैबेरपछि मेरो पालो आयो, चेक साटियो र करिब एक घण्टापछि सुस्केरा हाल्दै म बैँकबाट बाहिर निस्केँ ।
त्यसपछि म पोखराकै न्यूरोडमा रहेको कुनै अर्को प्राइभेट बैँकमा डिपोजिटका लागी पुगेँ । दिउँसोको गर्मीले असिनापसिना भएको भएपनि बैँकभित्रको ए.सी. ले मेरो तापक्रमलाई तत्कालै तल झारीदियो । "के को लागी होला ?" छेउमै रहेको सोधपुछ साखाकी एकजना कर्मचारीले सोधिन् । "अलिकति रकम जम्मा गर्नु छ ।" मैले यति भनेपछि उनले एउटा फर्म दिइन् र फर्म भरेपछि डिपोजिटको लाइनमा बस्न सुझाइन् । मैले उनले भने अनुरुप नै गरेँ । एकछिनमै काम सकियो र म बाहिर निस्केँ ।
यी दुइवटा छुट्टा छुट्टै बैँकमा भएको व्यवहार र काम तामेलीको अनुभव मैले तपाईहरुसँग राखेँ, तपाई के भन्नुहुन्छ यसबारेमा ? सरकारी कार्यालयमा फटाफट काम नहुनुको कारण के हो जस्तो लाग्छ तपाईको विचारमा ? कमेन्ट गर्न नभुल्नुहोला, धन्यबाद ।
किशोरीहरुलाई यौनको बारेमा कति चासो...
आज एकजना स्कूले नानीसँग भेट भयो । उनि मैले पढाउने विद्यालय नजिकै आर्बा विजय मा.वि. मा पढ्छिन्  । पहिले हाम्रो विद्यालयमा पढेकी, कहिलेकाहिँ त्यहाँ आउँछिन् आज पनि आइन् । धेरैपटक भेट भइरहने हुनाले उनि म सँग खुलेर कुरा गर्छिन् । हातमा एउटा सेतो कागज थियो, मैले सोधेँ, "के हो यो ?" "आज परीक्षा थियो, प्रश्नपत्र हो ।" उनले जवाफ दिइन् । "खै खै हेरौँ, कस्ता प्रश्न आएछन् ?" मैले मागेँ उनको प्रश्नपत्र । नवौँ कक्षाको जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र रहेछ । शुरुको प्रश्नबाट क्रमशः मैले "यो प्रश्नको उत्तर के लेख्यौ ?" भन्दै सोधेँ, तर उनले चित्तबुझ्दो जवाफ दिइनन् । एउटा प्रश्न थियो परिवार नियोजनका विधिहरुको बारेमा । मैले भने, "परिवार नियोजन त स्थायी र अस्थायी गरी दुइ किसिमको हुन्छ हैन र " उनले हत्त न पत्त जवाफ दिइन्, "वास्तवमा परीवार नियोजनका विधि प्राकृतिक र अप्राकृतिक गरी दुइ किसिमका हुन्छन् ।" मैले तत्काल सोधेँ, "प्राकृतिक विधि भन्नाले ?" उनले बाहृय स्खलन विधि, छन्द विधि र योनिरस परिक्षण विधिको बारेमा विस्तृत जानकारी दिइन् । मैले उनिसँग अरु प्रश्नको उत्तर सोधेँ, उनले धेरथोर जवाफ त दिइन् तर प्रजनन् र यौन सम्बन्धि प्रश्न बाहेक अरु प्रश्नको जवाफ उनलाई पूरा आएन । मैले सोधेँ, "भोली कुन विषय छ ?" उनको जवाफ थियो अर्थशास्त्र । मैले उनिसँग मार्शल तथा रविन्सले दिएको अर्थशास्त्रको परिभाषा सोधेँ, तर उनलाई अलिअलि परिभाषा त आयो, तर कुन परिभाषा कसको भन्ने चाहिँ आएन । यसपछि मलाई के लाग्यो भने जसको जुन विषयमा जति चासो छ, त्यो विषयमा उसले त्यति नै धेरै सिक्न सक्छ । तपाईलाई चाहिँ के लाग्छ ?
एनसेलका ग्राहकहरु मर्कामा
पहिलेको मेरो मोबाइल अर्थात अहिलेको एनसेल । नयाँ नयाँ योजनाका साथ बजारमा आक्रामक रुपमा प्रस्तुत भएर नेपाल टेलिकमको मोबाइल सेवालाइ समेत चुनौती दिइरहेको एनसेल कास्की जिल्लाको ल्वाङघलेलको कोलेलीमा चाहिँ कामै नलाग्ने भएको छ । एनसेलका सयौँ ग्राहक रहेको कोलेली र आसपासका क्षेत्रमा एनसेल नेटवर्कले काम नगर्दा एनसेल प्रयोगकर्ता र तिनका आफन्त मर्कामा परेका छन् । पहिले राम्रोसँग एनसेल टिप्थ्यो, तर अहिले भने एनसेल प्रयोगकर्ताको मोवाइलबाट न फोन जान्छ, न आउँछ । मोबाइल सेटहरु गेम खेल्न र रेडियो सुन्न वा फोटो खिच्नको लागी मात्रै प्रयोगमा आएका छन् । स्वदेश तथा विदेशमा रहेका आफन्तले ल्वाङघलेलको कोलेलीमा रहेका आफन्तलाई फोन गर्दा सँधै एउटै वाक्य सुन्ने गरेका छन्, त्यो हो - "माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। (Sorry, the number you have dailed is can not be reached at the moment, please try again later.)"  यो समस्या एनसेलको कानमा पुगोस् र छिटो भन्दा छिटो समस्याको समाधान होओस् , स्थानियबासीहरुले यहि माग गरेका छन् ।
मस्यैकुँकोट आमा समूह ल्वाङ
मस्यैकुँकोट आमा समूह ल्वाङको पहिलो प्रस्तुति गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र कर्म दर्शकहरुको विषेश अनुरोधमा पोखरामा पुनः प्रदर्शन गरिएको छ । सुन्दर पर्यटकिय गाउँ ल्वाङ, धम्पुस, घान्द्रुक लगाएत पोखराका साथै तनहुँ र लमजुङमा समेत छायाँङ्कन गरिएको चलचित्र कर्मको प्रथम प्रदर्शन भने गत महिना अर्थात् असोज ३० गते पोखराको कल्पना सिनेमा हलमा गरिएको थियो । उक्त दिन तीन शो गरी चलचित्र प्रदर्शन गरिएको भएपनि दर्शकहरुको अत्याधिक भिडका कारण कैयौँ दर्शकहरु चलचित्र हेर्नबाट वञ्चित भएका थिए ।
चलचित्र कर्ममा विष्णु गुरुङ, अजय गुरुङ, शान्ति गुरुङ, रिश्मा गुरुङका साथमा ल्वाङ निबासी देवराज गुरुङ, चिजमान गुरुङ, वर्षा गुरुङ, ध्रुव गुरुङ, भरत गुरुङ, जापान गुरुङ लगाएतका कलाकारहरुको साथमा आदर्श समाज राष्टिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बाँस्तोलाको समेत अभिनय रहेको छ । गुरुङ संस्कृतिका विविध पक्षलाई केलाउने प्रयास गरीएको यस चलचित्रमा गुरुङ युवा युवतीबीचको प्रेम कथालाई पनि बडो रोचक ढंगले प्रस्तुत गरिएको छ । गुरुङको छोरा भएपछि लाहुरे हुनैपर्छ भन्ने पुरातन मानसिकतालाई चिर्ने प्रयास यस चलचित्रले गरेको छ । चलचित्रका नायकहरु ब्रिटिश आर्मीमा भर्ती हुन जति प्रयास गर्दा पनि असफल भएपछि आफ्नै देशमा रोजगारी गरेर नाम कमाउन सफल भएको कुरालाई चलचित्रले मुख्य रुपमा उठान गरेको छ । ब्ल्याक फ्रेम स्टुडियो पोखरामा सम्पादन गरिएको चलचित्र प्राविधिक रुपमा त्यति सबल नदेखिए पनि निर्देशक बोनी गुरुङको पहिलो प्रयासलाई तारिफ गर्न मिल्ने ठाउँहरु प्रशस्त भेटिन्छन् । द्धन्दको दृश्य नराखिएको चलचित्र कर्म सांगितिक रुपमा भने सबल रहेको छ । ल्वाङ गाउँमा फूलै फुलेको... बोलको गीत दर्शक स्रोताहरुले रुचाएका छन् । त्यसै गरी रादो रादो नौमती बाजा... बोलको गीत पनि उत्कृट छ । ल्वाङघलेललाई जति आकर्षक रुपले प्रस्तुत गरिनुपर्थ्यो त्यति नगरिएको आभाष चलचित्र हेरिसकेपछि महशुस हुन्छ । ल्वाङ बाहेक कोलेली, घलेल, खोरामुख, इदिखोला, सिउँ, ढिक्ला, साखु, ठाँटी, ओल्चे, लुम्रे, कालीमाटी, सिधिङ, कुइवाङ, इमु, तक्रो, प्रुन्धु लगाएतका गाउँहरुलाई समेत समेट्न सकेको भए अझै सुनमा सुगन्ध हुनेथियो जस्तो लाग्छ । कोलेलीको भजनलाई एक झल्को देखाइएको भएपनि चलचित्रमा उचित स्थान दिइएको छैन । तरपनि ल्वाङ गाउँबासीले चाहिँ गौरब गर्नसक्ने चलचित्र चाहिँ अवस्य बनेको छ चलचित्र कर्म ।
चलचित्र कर्म हेर्न दर्शकको भिड
धेरै रुचाईएका...
Featured Posts
दिपावली गर्दा आगलागी भएका घटनालाई तपाई के भन्नुहुन्छ ?
Sport Update
will be updated soon...
© Copyright Utsuk F.M. 109 MHZ. 2010 -2011 | Design by Herdiansyah Hamzah | Published by Borneo Templates | Powered by Blogger.com.